अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने — OSNepal

अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने

LC (KTM) August 19, 2021 0

एजेन्सी-युएई र ओमानले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी टि– ट्वान्टी विश्वकपको लागि अष्टे«लियन क्रिकेट टोलीको घोषणा भएको छ । अक्टोबर १७ बाट सुरु हुने विश्वकपको लागि अष्टे«लियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

फिन्चको कप्तानी टोलीमा डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्काेस स्टोनिस, प्याट कमिन्स, केन रिचर्डसन जस्ता अनुभवी खेलाडी रहेका छन् ।

अष्टे«लियाले विश्वकप अघि अफगानिस्तान र वेष्ट इण्डिजसँग वार्म अप म्याच खेल्ने तयारी गरेको छ । दुई समूहमा विभाजन गरिएको सुपर १२ विश्वकपमा अष्टे«लिया समूह ए मा रहेको छ । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रिकासँग खेल्दै टि–ट्वान्टी विश्वकप सुरुवात गर्नेछ ।

यस समूहमा अष्टे«लियासहित इंग्ल्याण्ड, साउथ अफ्रिका र वेष्ट इण्डिज रहेका छन् भने दुई टोली थप हुनेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

अष्टेलियाले घोषणा गरेको टिम

आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याग्स्वेल, मिचल मार्स, म्याथ्यु वेड, एस्टन अगर, प्याट कमिन्स, मिचल स्टार्क, केन रिचर्डसन, एडम जाम्पा, जोस हाजलउड, मार्कोस स्टोनिस, मिचेल स्विप्सन र जोस इंग्लिस रहेका छन् ।
यस्तै रिजर्भ खेलाडीमा डेनील क्रिष्टियन, नाथन एलिस र डेनियल साम्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर