रसुवाको पहिरोमा पुरिएकी बालिकाको शव भेटियो , शोकमा डुब्यो गाउँ — OSNepal

रसुवाको पहिरोमा पुरिएकी बालिकाको शव भेटियो , शोकमा डुब्यो गाउँ

LC (KTM) August 19, 2021 0

रसुवा, ३ भदौ – रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता मध्ये एक बालिकाको शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता रहेकी ११ वर्षीया सोकिता गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

७ वर्षीय आशिष गलान अझै बेपत्ता रहेका छन् । उनको खोजिकार्य भइरहेको पाण्डेले बताए । पहिरोमा पुरिएर बेपत्ता भएकी ३२ वर्षीया कमला गलान र उनकी कान्छी छोरी ८ वर्षीया सुकुमाया गलानको यसअघि पुरिएको अवस्थामा शव भेटिएको छ ।

एक तले जस्ताले छाएको घरमाथिबाट पहिरो खस्दा एकैपरिवारका चार जना बेपत्ता भएका थिए भने एक जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते ३६ वर्षीय श्यामबहादुर गलान तामाङको स्थानीयहरूले बिहान उद्धार गरि उपचारका लागि नुवाकोट पठाएका थिए ।

नुवाकोटबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर