काठमाडौं ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको कार्यकक्षलाई लिएर आपत्ती जनाएका छन् ।
नेपाल राष्ट्रका निर्माताको पृथ्वीनाराण शाहको फोटो प्रदेश प्रमुखको कार्यकक्षमाबाट हटाएको भन्दै थापाले ट्वीटर मार्फत भनेका छन् , ‘नेपाल राष्ट्रका निर्माताको सम्माान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान,सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् ।’
जसले नेपाली नाम र पहिचान दियो,जसको कारण आज पद प्रतिष्ठा पाएका छन्,त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी भएको थापाले आलोचना गरेका छन् । उनले प्रदेश प्रमुखको कार्यकक्षको फोटो समेत सार्वजनिक गर्दै यस्तो आपत्ती जनाएका हुन् ।
ने उनले भनेका छन्, ‘नेपाल राष्ट्रका निर्माताको सम्माान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान,सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन्।जसले नेपाली नाम र पहिचान दियो,जसको कारण आज पद प्रतिष्ठा पाएका छन्,त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन्’