काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
अध्यक्ष प्रचण्डले अब नेकपा एमाले समाजवादी पार्टी निवार्चन आयोगमा दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
आज बिहिबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा , अध्यक्ष प्रचण्ड र माधव नेपाल बिच बालुवाटारमा भेटवार्ता भएको छ । नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डको दावी रहेको छ ।
विगत एक महिना देखि मन्त्रिपरिषद् विस्तार गर्न माधव नेपाल पक्षलाई कुरिरहेको गठवन्धन सरकारले अब एमाले विभाजन भएसँगै सरकारलाई पुर्णता दिने भएको छ ।