६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित नागेन्द्र पक्राउ — OSNepal

६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित नागेन्द्र पक्राउ

LC (KTM) August 19, 2021 0

पर्सा, ३ भदौ- वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका(६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर