माधव नेपालले अध्यक्ष पद पाइन भनेर पार्टी विभाजन गर्नु गलत हो — OSNepal

माधव नेपालले अध्यक्ष पद पाइन भनेर पार्टी विभाजन गर्नु गलत हो

LC (KTM) August 19, 2021 0

काठमाडौं ३ भदौ । नेकपा ९एमाले० का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेभित्रै अन्तरसंघर्ष गर्नुपर्नेमा अध्यक्ष नपाएको भन्दै पार्टी विभाजन गर्नु गलत भएको बताएका छन् ।

अध्यक्ष ओलीसँग मतभेद भएपनि अहिले आफूहरुले सहकार्य गरेको पनि नेता ज्ञवालीले स्पष्ट पारेका छन् । आज बिहान एक कार्यक्रममा ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुहरु पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने पक्षमा पुगेको र आफुले पटक पटक बैठकमा पनि कुरा राखेको बताएका उनले नेपाललाई हिजो भेटेर कुरा राख्दा नेपालले आफु अब अगाडी बढीसकेको प्रतिक्रिया दिएको पनि जनाएका छन् ।

‘दश बुँदे सहमतिमा टेकेर अघि बढ्न सकिन्छ । त्यहीँभित्र अन्तरसंघर्ष गरौं भन्ने हाम्रो विचार थियो । मैले यो कुरा पार्टीका धेरै बैठकहरुमा कुरा राखेको छु । हिजोमात्रै पनि मैले उहाँसँग कुरा गरेको थिएँ । तर, उहाँले म अगाडि बढें भन्नुभयो । हिजै दल दर्ता गरिसक्नुभयो ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर