आर्सनलविरुद्ध चेल्सी: उत्तर पश्चिम लण्डन डर्बीका ५ सर्वाधिक गोलकर्ता — OSNepal

आर्सनलविरुद्ध चेल्सी: उत्तर पश्चिम लण्डन डर्बीका ५ सर्वाधिक गोलकर्ता

LC (KTM) August 19, 2021 0

एजेन्सी- इंग्लिस प्रिमीयर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई दुई महारथी क्बलहरुको बीचको प्रतिस्पर्धाको रुपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् ।दुबै क्लबले प्रिमियर लिगमा एक/एक खेल खेल्दै अन्तिम साता आफ्नो अभियान सुरु गरिसकेका छन् । आफ्नो उडान सुरु गर्ने क्रममा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध ३–० को जित रचिसकेको छ ।

माइकल अर्टेटाको आर्सनलले आश्चर्यजनक रुपमा खराब नतिजा भोग्नुपर्‍यो । आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्ड सिटीसँग २–० गोल अन्तरले स्तब्ध रह्यो । यता, ब्रेन्टफोर्ट सिटी भने ७४ बर्षपछि टप फाइटमा उत्रिएको थियो ।पहिलो खेलमै ठोस सुरुवात गरेको चेल्सीले यात्रा अगाडि बढाउन नयाँ सम्झौता गरेको छ । त्यो हो पूर्व खेलाडी रोमेलु लुकाकु । पुरानो क्लब फर्कँदा अट्याकर लुकाकुले क्लबको रेकर्डमा नाम नै लेखाए । उनी ९७ दशमलब ५ पाउण्डमा स्टामफोर्ड ब्रिज पुगेका हुन् । लुकाकु आइतबारको खेलको हिस्सासमेत बन्न सक्छन् ।

आर्सनलविरुद्ध चेल्सी, प्रिमियर लिगको लागि ‘ब्लक बस्टर’ तालिका हो । दुईको भिडन्तमा सधै ‘हाई स्कोर’ निस्कने गर्छ ।डिडियर ड्रोग्वा उत्तर पश्चिम लण्डनका सबैभन्दा घातक फिनिसर हुन् । उनले १५ डर्बी क्यापमा १३ गोल गरेका छन् । यी पूर्वआइभरी कोष्टका अन्तर्राष्ट्रिय खेलाडीलाई आर्सनलका लिजेण्ड तथा सदाबहार सर्वाधिक गोलकर्ता थेयरी हेन्रीले पछ्याएका छन् ।

उत्तर पश्चिम लण्डनको खेलमा २० क्याप जितेका हेन्रीले १० गोल गरेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय स्टार हेन्री आर्सनलमा सन् १९९९ बाट २००७ सम्म रहे ।
लान राइट लण्डन डर्बीमा सर्वाधिक गोल गर्नेमा तेस्रो नम्बरमा पर्छन् । आर्सनलका यी खेलाडीले १६ क्याप जित्दा ९ गोल गरेका थिए । इंग्लाण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लानले आर्सनलबाट १९९१ बाट १९९८ सम्म खेले ।

पूर्वचेल्सी स्टार खेलाडी इडेन हाजार्ड पनि अन्तिम पाँचमा रहन्छन् । हाल स्पेनिस पावर हाउस रियल म्याड्रिडमा रहेका हाजार्डले १९ क्याप जित्दै ५ गोल गरेका छन् । हाजार्डले चेल्सीमा ७ बर्ष खेले ।उत्तर पश्चिम लण्डन डर्बीमा सर्वाधिक पाचौं गोल गर्ने अन्तिम खेलाडी हुन् थियो वाल्कोट । उनले २५ क्याप जित्दा ५ गोल गरेका छन् । सन् २००६ बाट २०१८ सम्म इंग्ल्याण्ड अन्तर्राष्ट्रिय खेलाडी वाल्कोट लण्डन रहे ।

उत्तर पश्चिम लण्डन डर्बीका सर्वाधिक ५ गोलकर्ता :

१ डिडियर ड्रोग्वा – चेल्सी (क्लब) – १३ (गोल) – १५ (खेल)

२ थियरी हेन्री – आर्सनल – १० (गोल) – २० (खेल)

३ लान राइट – आर्सनल – ९ (गोल) – १६ (खेल)

४ इडेन हाजार्ड – चेल्सी – ७ (गोल) – १९ (खेल)

५ थियो वाल्कोट – आर्सनल – ६ (गोल) – २५ (खेल)

– गोल डटकमका रिताब्रत बनर्जीको साथमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर