ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा बधाइ भन्दै माधव नेपाललाई शुभकामना दिए भट्टराईले — OSNepal

ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा बधाइ भन्दै माधव नेपाललाई शुभकामना दिए भट्टराईले

LC (KTM) August 19, 2021 0

काठमाडौँ-पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले नयाँ पार्टी बनाएकामा माधव नेपाललाई बधाई दिएका छन् । सामाजिक संजाल ट्विटरबाट बधाइ दिँदै भट्टराईले नेकपा एमालेलाई थोत्र घरको संज्ञा दिएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।

उनले लेखेका छन पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउँदै भनेका छन्, ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर