थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाउन लागेकोमा नेपालसहितका नेतालाई शुभकामना : नेता भट्टराई — OSNepal

थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाउन लागेकोमा नेपालसहितका नेतालाई शुभकामना : नेता भट्टराई

LC (KTM) August 19, 2021 0

काठमाडौं ३ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले नयाँ दल दर्ता गरेकोमा नेकपा एमालेका समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई बधाई तथा शुभकामना दिएका छन् ।

नेता भट्टराईले ट्वीटर मार्फत भनेका छन् , ‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाउन लागेकोमा नेपालसहितका नेतालाई बधाइ तथा शुभकामना’ ।

पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमान्ने बताएका भट्टराईले पुरानोको ध्वंसविना नयाँ निर्माण पनि नहुने यर्थाथ बताएका छन् ।

‘पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो मानिन्न तर पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर