अभिनेता पुष्प खड्काले सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर अक्सिजन गरे सहयोग — OSNepal

अभिनेता पुष्प खड्काले सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर अक्सिजन गरे सहयोग

LC (KTM) May 18, 2021 0

काठमाडौं । कोरोना कहरको संकटमा अभिनेता पुष्प खड्काले कैलाली लगायत सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर बराबर अक्सिजन सहयोग गरेका छन् । उनले मैनादेवी फाउन्डेसनमार्फत उक्त सहयोग गरेका हुन् । अभिनेता पुष्पले भने, ‘मेरो गाउँले मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा अप्ठ्यारोमा परेकालाई सहयोग वितरण भइरहेको देखेपछि मैले उहाँमार्फत ५० सिलिन्डर अक्सिजन बराबरको सहयोग गर्ने जिम्मा लिएको हुँ ।’

कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दा पुष्पले संकट हुँदाहुँदै पनि काठमाडौंको तुलनामा सुदूरपश्चिम क्षेत्रका कोरोना संक्रमितलाई अझ बढी गार्हो भएको बताए । उनले भने, ‘यस्तो बेला स–साना सहयोगले पनि मान्छेको ज्यान बचाउन सकिने भएकोले मैले पनि सकेको सहयोग गरेको हुँ ।’सौर्य दैनिकमा खबर छ । सुदूरपश्चिमका विभिन्न अस्पतालमा अक्सिजनको कमी नहोस् र अस्पताललाई अक्सिजन भर्न नसकेको पीडा नहोस् भनेर मैनादेवी फाउन्डेसनको माध्यमबाट विभिन्न अस्पतालका खाली सिलिन्डरमा अक्सिजन भरेर दिने काम भइरहेको छ । उनले आगामी दिनमा अरु सहयोग जुटाउन पनि प्रयास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर