सीपीएल : सन्दीप लामिछानेको स्थानमा यि पाकिस्तानी खेलाडीले पाए चान्स — OSNepal

सीपीएल : सन्दीप लामिछानेको स्थानमा यि पाकिस्तानी खेलाडीले पाए चान्स

LC (KTM) August 19, 2021 0

काठमाडौं । सन्दीप लामिछानेले यो वर्षको सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता गुमाउने पक्का भएसँगै उनको स्थानमा पाकिस्तानका बलर यासिर शाहले खेल्ने मौका पाएका छन् ।

सन्दीप नेपाली राष्ट्रिय टिममा व्यस्त हुने भएको कारण सन्दीपले सीपीएल गुमाउने भएसँगै सीपीएल टिम ट्रीनबागो नाइट राइडर्सले सन्दीपको स्थानमा यासिरलाई अनुबन्ध गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो वर्षको सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुने र सोही समयमा सन्दीप राष्ट्रिय टिममा व्यस्त हुने भएका कारण सीपीएलले खेलाडी सूचीमा सन्दीपको नाम समावेश गरेको छैन । सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् ।

सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल गुमाउने भएको पक्का भएको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्नेछ । त्यसअघि नेपाली टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर