आज लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) August 19, 2021 0

काठमाडौँ–अहिले देशभर सामान्यदेखि सामान्य बदली भएको छ । मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही भू(भागमा वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।शुक्रबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राती प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर