इटालियन क्लब इन्टर मिलानबाट चेल्सी फर्केका लुकाकुले लगाउने भए ९ नम्बरको जर्सी — OSNepal

इटालियन क्लब इन्टर मिलानबाट चेल्सी फर्केका लुकाकुले लगाउने भए ९ नम्बरको जर्सी

LC (KTM) August 19, 2021 0

एजेन्सी । लण्डन क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकुले ९ नम्बरको जर्सी लगाएर खेल्ने भएका छन् । हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेसँगै चेल्सीले पनि लुकाकुबाट राम्रो आशा गरेको छ ।

सन् २०१४ मा चेल्सी छाडेका बेल्जियमका लुकाकुले कीर्तिमानी ९७।५ मिलियन पाउण्डमा चेल्सी फर्किएका हुन् । गएको विश्वकपमा बेल्जिमबाट निकै राम्रो खेल खेलेका लुकाकु एभर्टन ,म्यानचेस्टर युनाईटेड, इन्टर मिलानमा आफ्नो खेल देखाएर पुरानो टिम चेल्सीमा फर्किदा खुशी छन् ।

बेल्जियमको लागि ९८ खेलमा ६४ गोल गरेका २८ वर्षीय लुकाकुबाट अहिले चेल्सीले ठूलो आश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर