१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देश भिड्ने पक्का, भुटान र पाकिस्तानले सहभागिता नजनाउने — OSNepal

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देश भिड्ने पक्का, भुटान र पाकिस्तानले सहभागिता नजनाउने

LC (KTM) August 18, 2021 0

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देशले मात्र सहभागिता जनाउने भएका छन् । यसपाली भुटान र पाकिस्तानले सहभागीता नजनाउने भएका छन् । ५ देशले मात्र प्रतियोगितामा भाग लिने दक्षिण एसियाली फुटबल महासंघले बुधबार जनाएको छ ।

अब यी ५ देशहरुमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रने छ । भुटानले कोरोनाको महामारी लाई देखाउँदै सहभागिता बाट पन्छिएको छ भने पाकिस्तानलाई फिफाले निलम्बन गरिसकेको छ । माल्दिभ्समा हुने १३ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता असोज १५ गते देखि २७ गते सम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग भिडदै खेलको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १७ मा, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २४ मा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर