चेल्सीमा आएका रोमेलु लुकाकुले पाए ९ नम्बर जर्सी — OSNepal

चेल्सीमा आएका रोमेलु लुकाकुले पाए ९ नम्बर जर्सी

LC (KTM) August 18, 2021 0

चर्चित फुटबलर रोमेलु लुकाकु यति बेला निक्कै चम्किएका छन् । उनको गोल गर्ने क्षमतालाई लिएर सबैले बिश्वास गरेका छन् । उनै चेल्सीका फरवार्ड रोमेलु लुकाकुले अब आफ्नो जर्सी पाएका छन् । उनले अब ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

लण्डन क्लब चेल्सीले फरवार्ड लुकाकुलाई ९ नम्बरको जर्सी दिएको हो । बेल्जियमका यी चर्चित खेलाडी लुकाकु इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् । उनी ९७.५ मिलियन पाउण्डमा चेल्सी आएका हुन् । उनले अब चेल्सी संग ५ बर्षको लागि संझौता गरेका छन् ।

उनी आफु ७ बर्ष पछि फेरी चेल्सीमा अनुबन्ध भएका हुन् । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर