तीन हजार ४०३ सङ्क्रमित थपिए — OSNepal

तीन हजार ४०३ सङ्क्रमित थपिए

Kesh Karki (USA) August 18, 2021 0

पछिल्लो २४ घण्टामा थप तीन हजार ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पिसीआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार ९०७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७७ हजार ६२६ छ । सो अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।

हाल ३३ हजार ८०८ होम आइसोलेशनमा तथा तीन हजार ५३२ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७७० आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ रहेको छ ।

४२ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस अवधिमा ८४ हजार १३३ ले खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर