साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने — OSNepal

साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

LC (KTM) August 18, 2021 0

काठमाडौं, २ भदौ । साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्ससँग भिड्ने भएको हो । प्रतियोगिता १ अक्टोबरबाट १३ अक्टोबरसम्म आयोजना हुनेछ ।

नेपालले अक्टोबर १ मा माल्दिभ्सको राजधानी माले स्थित राष्ट्रिय फुटबल मैदानमा माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर ३ मा श्रीलंकाको सामना गर्नेछ । यस्तै अक्टोबर ८ तथा आफ्नो तेस्रो खेलमा भारतको सामना गर्दा अन्तिम खेल अक्टोबर १० मा बंगलादेशसँग खेल्नेछ ।

५ देश सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ । तालिकाको शिर्ष २ ले अक्टोबर १३ मा उपाधिका लागि खेल्नेछन् ।यसपटक प्रतियोगितामा पाकिस्तान र भुटानले नाम फिर्ता लिएका छन् । पाकिस्तान फिफा प्रतिबन्धमा रहेको छ भने भुटानले कोरोनाको कारण देखाउँदै नाम फिर्ता लिएको हो ।

यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरे पनि आयोजक साफले माल्दिभ्सलाई प्रतियोगिता आयोजनाका लागि स्वीकृत दिएको हो ।
साफ फुटबलको इतिहासमा भारत सबैभन्दा सफल टोली हो । उसले हालसम्म ७ पटक उपाधि हात पारेको छ ।यता साफको तयारीमा रहेको नेपाल राष्ट्रिय टोलीले पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीको प्रशिक्षण गराईरहेका छन् ।

प्रशिक्षणमा रहेको नेपाली टिम: गोलरक्षक: किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की । डिफेण्डर: सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द ।

मिडफिल्डर: सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ ।सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, शिशिर लेखी स्ट्राइकर: नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर