नेकपा एमालेको पहिलो कार्यदलको बैठक आज सिंहदरवारमा बस्दै — OSNepal

नेकपा एमालेको पहिलो कार्यदलको बैठक आज सिंहदरवारमा बस्दै

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । नेकपा (एमाले) को विवाद समाधानको लागि अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधव नेपालबाट गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबार बस्ने भएको हो । दुवै पक्षबाट पाँच पाँच जनाको कार्यदल बनाइएकोमा ओली पक्षका शंकर पोखरेल भने काठमाडौँ बाहिर छन् ।

ओली पक्षको कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दिएको जानकारी अनुसार कोरोना संक्रमण स्थितिले गर्दा बैठक सिंहदरबारमा बस्ने तय भएको हो । गत फागुन २३ गते सर्वोच्चले नेकपालाई माओवादी केन्द्र , एमाले पार्टीमा यथास्थितिमा ल्याई दिएपछि फुटको संघारमा पुगेको नेकपा एमाले अहिले पार्टी एकताको लागि लागि परेको छ ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लानुपर्ने भन्दै माग राखेको नेपाल पक्षको माग पुरा गर्न ओली सहमत भएका छन् । जसको कारमण हो ओली सरकार टिकाउन । पार्टीलाई जेठ २ गतेको अवस्थामा लान कसरी अगाडी बढ्ने भन्ने विषयको जिम्मा भने १० जना कार्यदलको सदस्यहरुलाई दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर