माधव नेपाललाई लाग्यो अर्को कडा झड्का, दोस्रो तहका नेताले पनि छाडे नेपालको साथ — OSNepal

माधव नेपाललाई लाग्यो अर्को कडा झड्का, दोस्रो तहका नेताले पनि छाडे नेपालको साथ

LC (KTM) August 18, 2021 0

काठमाडौं-दोस्रो तहका नेताले माधव नेपालको साथ छाडेका छन् । नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका हुन् । निर्वाचनमा आयोगमा नेकपा एमाले(समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।

कार्यदलका सदस्य रहेका कुनै पनि नेताहरु नयाँ दल गठनमा नगएको बताइएको छ । कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

नेकपाकालको स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले ९समाजवादी० दल दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर