आज काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोराना संक्रमित ! — OSNepal

आज काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोराना संक्रमित !

LC (KTM) August 18, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने २१ सय ४ जना निको भएर फर्किएका छन् । त्यस्तै आज काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर