थप ३,४०३ जनामा कोरोना संक्रमण हुँदा २,१०४ जनाले जिते कोरोना — OSNepal

थप ३,४०३ जनामा कोरोना संक्रमण हुँदा २,१०४ जनाले जिते कोरोना

LC (KTM) August 18, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अबधमिा २,१०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । त्यस्तै गरी सोही अबधीमा ४२ जनाको कोरोनाका कारण दुखद निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर