किसानलाई कृषि औजार — OSNepal

किसानलाई कृषि औजार

Kesh Karki (USA) August 18, 2021 0

कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । सो कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, ७८ सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजार वितरण गरिएको कृषि कार्यालयले जनाएको छ ।

किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको सो कार्यालयका वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर