साउथ सुपरस्टार रजनीकान्तले कोरोनासँग लड्न सरकारलाई एक करोड सहयोग गरे, रजनीकी छोरीले पनि दिइन् मोटो रकम — OSNepal

साउथ सुपरस्टार रजनीकान्तले कोरोनासँग लड्न सरकारलाई एक करोड सहयोग गरे, रजनीकी छोरीले पनि दिइन् मोटो रकम

LC (KTM) May 18, 2021 0

मुम्बई । भारतीय अभिनेता रजनीकान्तले कोरोनासँग लड्न एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड सहयोग दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत यस बारेमा सौन्दर्याले जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’

अभिनेता रजनीकान्त अहिले सामाजिक विषयमा बनिरहेको चलचित्र ‘अन्नथे’ को छायांकन गरिरहेका छन् ।सौर्य दैािनकमा खबर छ । आधा छायांकन गरिएको यस चलचित्रको बाँकी छायांकन कोरोना कहर सामान्य भएपछि गरिने निर्माण पक्षले जनाएको छ । सो चलचित्रमा अभिनेता रजनीकान्तसँगै अभिनेत्री नयनतारा र कीर्ति सुरेश लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर