काठमाडौँ २ भदौ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ ।
जसपाको आधिकारिकता आयोगले उपेन्द्र यादवलाई दिएपछि ठाकुर पक्ष अब नयाँ दल खोल्ने तयारीमा लागेको हो । दल दर्ता गर्न २० प्रतिशत केन्द्रिय भए पुग्ने भन्दै अध्यानदेश जारी भएपछि ठाकुर पक्ष आयोग जाने तयारीमा जुटेको हो ।
ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले दिएको जानकारी अनुसार पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह्रको नाम साइकल राखिने भएको छ ।
आजै निवदेन दर्ता गर्ने तयारीमा ठाकुर समुह लागिपरेको छ ।