सत्ता पक्षबाटै तिव्र विरोध हुँदा पनि दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिबाट जारी — OSNepal

सत्ता पक्षबाटै तिव्र विरोध हुँदा पनि दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिबाट जारी

LC (KTM) August 18, 2021 0

काठमाडौं २ भदौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति कार्यालयबाट आज दिउँसो १ बजेर १० मिनेट जाँदा दलसम्बन्धी अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् । राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशन भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।
का लागि पठाइनेछ ।

केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्था सरकारले गरपछि राष्ट्रपतिले आज उक्त अध्यादे जारी गरेकी हुन् । चौतर्फी विरोध भइरहेको अवस्थामा पनि राष्ट्रपतिबाट अध्यादेश जारी भएको छ ।

राष्ट्रपतिका कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ती जारी मार्फत राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर