कोरोना कहर बिच चलचित्रमा अभिनय गरे पनि कम पारिश्रमिक लिने अभिनेत्री तापसीको घोषणा — OSNepal

कोरोना कहर बिच चलचित्रमा अभिनय गरे पनि कम पारिश्रमिक लिने अभिनेत्री तापसीको घोषणा

LC (KTM) May 18, 2021 0

मुम्बई । कोरोना महामारीका कारण दुई वर्षयता बलिउड चलचित्र उद्योग ठप्प छ । पहिलो चरणको संक्रमणपछि सामान्य अवस्थामा फर्कनेक्रममा पुनः दोस्रो लहर दु्रतगतिमा फैलिएपछि भारतीय चलचित्र क्षेत्र धरासायी बन्ला भन्ने चिन्ता बढिरहेको छ । यसैबेला अभिनेत्री तापसी पन्नुले नयाँ परिस्थितिमा आफूले लिइरहेको पारिश्रमिक कम गर्न तयार रहेको जनाएकी छन् ।

उनले भनेकी छन्, ‘अहिले सुटिङ भइरहेको छैन ।सौर्य दैनिकमा खबर छ । कसैले मलाई कम पैसामा भए पनि काम गर भन्यो भने म गर्न तयार छु ।’ चलचित्र ‘पिंक’ र ‘थप्पड’ सफल भएपछि निर्माता तथा निर्देशकको नजरमा परेकी उनी अभिनयसँगै सामाजिक सञ्जालमा समेत निकै सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर