काठमाडौँ २ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका नेता मेटमणी चौधरीले अध्यादेश जारी गर्न किन ढिला भएको भन्दै राष्ट्रपतिप्रति अशन्तुष्ट जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले संसद नै भंग गरी अध्यादेश ल्याउँदा पाँच मिनेट मै जारी हुने अहिले चाँही कि ढिला भन्दै राष्ट्रपतिलाई प्रश्न समेत गरेका छन् । उनले पत्रकारसँगको कुराकानीमा यस्तो अशन्तुष्ट जाहेर गरेका हुन् ।
अध्यादेश जारी गर्न ढिला भएको भन्दै उनले राष्ट्रपतिलाई कसरी हटाउने पनि आफुहरुसँग ताकत भएको बताएका छन् ।