हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन :गगन थापा — OSNepal

हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन :गगन थापा

LC (KTM) August 18, 2021 0

काठमाडौँ २ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा पुर्व मन्त्री गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत भएको बताएका छन् ।

नेता थापाले विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । आफ्नै सरकारको विरोधमा उभिएका थापाले ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन भनेका छन् ।

उनले भनेका छन्, “संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ । सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/ हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर