यसकारण स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग गुमाउने पक्का — OSNepal

यसकारण स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग गुमाउने पक्का

LC (KTM) August 18, 2021 0

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी सन्दीप लामिछानेका बारेमा सबै क्रिकेट प्रेमीहरुलाई चासो हुने गर्दछ । सानै उमेरमा ठूलो प्रगती गरेका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेट गुमाउने छन् ।

यस अघि तीन सिजन सीपीएल खेलिसकेका ट्रीनबागो नाइट राइडर्समा आबद्द सन्दीप राष्ट्रिय टिममा व्यस्त हुने भएकाले सीपीएल गुमाउने भएका हुन् । यो वर्षको सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुने र सोही समयमा सन्द्यीप राष्ट्रिय टिममा व्यस्त हुने भउका कारण सीपीएलले खेलाडी सूचीमा सन्दीपको नाम समावेश गरेको छैन ।

सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल गुमाउने भएको पक्का भएको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्नेछ । त्यसअघि नेपाली टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर