अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश फर्किएनन्, त्यहाको अबस्था हेरी नियमित काममा फर्किए — OSNepal

अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश फर्किएनन्, त्यहाको अबस्था हेरी नियमित काममा फर्किए

LC (KTM) August 18, 2021 0

काठमाडौं-अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली नेपाल नर्फकी काममै फर्किएका छन् । उनीहरु त्यहाको पछिल्लो अबस्था हेरी काममै फर्किएको बताइएको छ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको हो । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको ।

विज्ञप्तिमा भनिएको छ ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी भएको छ । अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएका छन् । यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर