काठमाडौं-लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जाल मार्फत बाहिरिएको छ । बस्नेत स्वयम्को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समय पछि हटाइएपनि तस्वीर सार्वजनिक भएपछि खैलाबैला मच्चिएको थियो ।
बस्नेतले आफ्नै फेसबुकको स्टोरीमा राखेको तस्वीरमा विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चा चुलिएको छ ।
विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा कसरी आयो आफुलाई नै थाहा नभएको बताएका छन् ।बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको बताइन्छ ।