ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो : भट्टराई — OSNepal

ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो : भट्टराई

LC (KTM) August 18, 2021 0

काठमाडौं २ भदौ । जनता समाजवादी पार्टी संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ओली गएपनि ओलीप्रति कायम रहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय भएको बताए छन् ।

संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका भट्टराईले सामाजिक सञ्जाल मार्फत गठवन्धन सरकारको आलोचना गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्पिरिषद्को बैठकले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि सत्ता पक्षबाटै तीव्र आलोचना भइरहेको छ ।

गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस भनेका भट्टराईले भनेका छन्, सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।

उनले लेखेका छन् , ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर