काठमाडौँ उपत्यकाका बासीका लागि आयो दुखद खबर — OSNepal

काठमाडौँ उपत्यकाका बासीका लागि आयो दुखद खबर

LC (KTM) August 18, 2021 0

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर