पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हरेन्द्रबहादुको निधन — OSNepal

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हरेन्द्रबहादुको निधन

LC (KTM) May 18, 2021 0

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष स्व. सुर्य बहादुर थापाका भाइ हरेन्द्रबहादुर थापाको निधन भएको छ । उनको हृदयघातका कारण ८८ वर्षको उमेरमा निधन भएको हो ।नेपाली सेनाका पूर्वमेजर तथा भुतपूर्व सैनिक संघका उपाध्यक्ष समेत थापाका तीन छोरा र एक छोरी छन् ।

उनको हिजो नै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ । अन्त्येष्टिमा नेपाली कांग्रेसका सह९महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत आफन्तजन र जिल्लावासिहरु उपस्थित थिए ।

यो पनि पढ्नुहोस -श क्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन : शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन भएको छ । भारतिय मिडियाका अनुसार तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् । चक्रवातकाकारण भारतको जनजीवन अस्तव्यस्त भएको छ । जसको सबैभन्दा बढी असर मुम्बईमा परेको छ ।

मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो ।कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको बताइएको छ ।भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गरी सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर