मेस्सीले बार्सिलोना क्लब छोडे लगत्तै टाँट पल्टिएको खुलासा , क्लबका अध्यक्ष लापोर्टा भन्छन् - ऋण मात्रै १.३५ बिलियन पाउण्ड छ — OSNepal

मेस्सीले बार्सिलोना क्लब छोडे लगत्तै टाँट पल्टिएको खुलासा , क्लबका अध्यक्ष लापोर्टा भन्छन् – ऋण मात्रै १.३५ बिलियन पाउण्ड छ

LC (KTM) August 17, 2021 0

बार्सिलोनामै बस्न चाहादा चाहदै चर्चित फुटबलर लियोनल मेस्सी बाहिरीनु परेको सबैलाइृ थाहा नै छ । क्लबको निश्चित मापदण्डका कारण उनी बाहिरनु परेको थियो । किनकी बार्सिलोना अब टाँट पल्टिन लागेको छ । यस कुराको पुष्टि स्यंम क्लबका अध्यक्षले नै खोलेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताए संगै टाँट पल्टन लागेको खुलासा भएको हो ।अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको ऋणबारे जानकारी दिदै आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका हुन् ।

उनले अहिले क्लबको आन्तरिक ऋण मात्रै १.३५ विलियन पाउण्ड रहेको जानकारी दिए । उनले क्लब यो हालतमा पुग्नुको कारण पनि खुलाएका छन् । लापोर्टाले बार्सिलोनाको आर्थिक अवस्था खराब अवस्थामा पुग्न पूर्व अध्यक्ष जोसेप मारिया बर्टोमेउको हात भएको दाबी गरे ।

कुल ऋण मध्ये ३ सय ९० मिलियन युरो खेलाडीको तलबसँग सम्बन्धित रहेको र ६ सय ७० मिलियन युरो बैंकको रहेको उनले बताए । यस्तै ४० मिलियन युरो सदस्यताबाट गुमाएको र कोरोना महामारीले ९१ मिलियन युरो घाटा व्यहोरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर