भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही — OSNepal

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

Kesh Karki (USA) August 17, 2021 0

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ ।

विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्डविपरीत पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिनुभयो । “सिमेन्टको तीन दिनको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा १६ एमपीए आउनुपर्नेमा नौ एमपिए र सात दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपिए आउनुपर्नेमा १५ एमपिएमात्र आएकाले बिक्री वितरण रोक्का गरी स्पष्टीकरण सोधेका हौँ”, उहाँले भन्नुभयो । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पीपीसीको बिक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशनसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर