निर्माणाधीन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर २४ बर्षीय सन्तोषको हात डढ्यो, घटनास्थलमै मृत्यु — OSNepal

निर्माणाधीन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर २४ बर्षीय सन्तोषको हात डढ्यो, घटनास्थलमै मृत्यु

LC (KTM) August 17, 2021 0

निर्माणाधीन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर २४ बर्षीय सन्तोषको हात डढ्यो, घटनास्थलमै मृत्यु

तनहुँ, १ भदौ -करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङका २४ बर्षीय सन्तोष थापाको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो ।

निर्माणाधीन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर मृत्यु भएको तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । ‘करेन्ट लागेर हात डढेको देखिन्छ’, डिएसपी तिमिल्सिनाले भने । दमौली अस्पतालमा पोष्टमार्टम गरेपछि दाहसंस्कारका लागि परिवारले शव लगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर