महिला कर्मचारीहरुलाई खराब नियतले हरेक रात फोन गर्थे सिईओ सञ्जय, प्रहरीलाई घरमा नै देख्दा झस्किए — OSNepal

महिला कर्मचारीहरुलाई खराब नियतले हरेक रात फोन गर्थे सिईओ सञ्जय, प्रहरीलाई घरमा नै देख्दा झस्किए

LC (KTM) August 17, 2021 0

मोरङ, १ भदौ । विराटनगर महानगरपालिका– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने ट्राइकोट इण्डष्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिईओ चाण्डकले पटक–पटक आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएका हो ।

सिईओ चाण्डोकले महिला मजदुरहरूलाई यौ न दु र्व्य वहार गर्ने गरेको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिन गरेको भन्दै उद्योगका करिब तीन सय श्रमिकहरूले आन्दोलन गरेका थिए । नियन्त्रणमा लिएर सिईओलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

सिईओ भारतीय नागरिक हुन् । उनले महिला कामदारहरुलाई राति फोन गर्ने, विभिन्न प्रश्नहरु गर्ने, काममा चित्त नबुझेको भन्दै दबाब दिने जस्ता गतिविधि गर्ने गरेको आरोप मजुदुरहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर