काठमाडौँ १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको आफ्ना समुहका केन्द्रिय सदस्यहरुलाई बताएका छन् ।
आज आफ्नो पक्षका केन्द्रिय सदस्यहरुलाई सम्बोधन गर्दै एकताको लागि अन्तिम प्रयास भइरहेको उनले बताएका हुन् । तर बैठकमा सहभागी ठाकुर गैरेले भने नेता नेपालले विष पिएर भए पनि पार्टीको एकता जोगाउनु पर्ने बताएका छन् ।
पार्टी एकताका लागि आफ्नो पक्षबाट घनश्याम भुसालले सक्रियता देखाइरहेको बताएका छन् । यदि अध्यक्ष केपी ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने समेत नेपालले चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले भने पदमुक्त नेपाल सहित १४ जना सांसदको नाम संसद सचिवालय पठाएको जनाइएको छ ।