काठमाडौँ १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्ने भएको छ ।
आज बसेको एमालेको संसदीय दलको बैठकमा नेपाल सहित १४ जनालाई कारवाही गरी पदमुक्त गर्न भन्दै उनीहरुको नाम संसद सचिवालय पठाएको स्रोतले जनाएको छ ।
जसमा नेपाल , विरोध खतिवडा, मेटमणी चौधरी ,मुकुन्द न्यौपोन, रामकुमारी झाक्री लगायतको नाम रहेको छ ।