काठमाडौं १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न आज २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा पठाएको छ ।
नेकपा एमालेको केन्द्रिय सदस्यमा २६० जना भए पनि केहीको मृत्यु तथा केहि राजनीतिक नियुक्तिमा गएकाले आयोगमा २६० जनाको नाम मात्र पठाइएको हो ।
समानुपातिकका ८ जना सांसदलाई कारवाही समेत गर्ने भएको छ । सोधिएको स्पष्टीकरणकै आधारमा ती सांसदलाई कारवाही गर्ने स्रोतले जनाएको छ ।