काठमाडौँ १ भदौ । सरकारले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष छलफलमा जुटेको छ ।
नयाँ बानेश्वरमा बसेको बैठकमा नेपाल समूहका २२ सांसदको सहभागिता रहेको छ । बैठकमा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतमसमेत सहभागी भएकी छन् ।
बैठकमा अब आफ्नो समुह कसरी अगाडी बढ्ने विषयमा केन्द्रित भएको जनाइएको छ ।