१३ वर्षीया बालिकालाई बलात्कार गर्ने ६५ वर्षीय पुरुष पक्राउ — OSNepal

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने ६५ वर्षीय पुरुष पक्राउ

LC (KTM) August 17, 2021 0

कपिलवस्तु १ भदौ । १३ वर्षीया बालिकालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका ३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन् । पाण्डेले ती बालिकालाई थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

निजलाई ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर