दल विभाजनसम्बन्धी अध्यादेश आउने भनिएपछि झस्किएका ओलीले बोलाएको एमालेको स्थायी कमिटीको बैठक सुरु — OSNepal

दल विभाजनसम्बन्धी अध्यादेश आउने भनिएपछि झस्किएका ओलीले बोलाएको एमालेको स्थायी कमिटीको बैठक सुरु

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

आज मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा वरिष्ठ नेता माधव नेपाल समुहको भने सहभागिता रहेको छैन ।

हिजो सोमबार सरकारले संसदमा जारी अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको भन्दै ओलीले आज स्थायी कमिटिको बैठक बोलाएका हुन् ।

हिजो साँझ पार्टी एकताकोलाति अपिल गरेका ओलीले आज केहि महत्वपुर्ण निणर्य लिने पनि जनाइएको छ ।

आजको बैठकमा उपाध्यक्ष बामदेव गौतमको सहभाति नभएको बुझिएको छ । ओलीले आजै संसदीय दलको बैठक पनि बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर