बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अनुमान — OSNepal

बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अनुमान

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । सरकारको मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

११ :२० मा सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल ,मुख्य सचीव शंकरदास बैरागी लगायत ६ जनाको सहभागिता रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने जनाइएको छ । साथै अफगानिस्तानबाट नेपालीको उद्वारबारे पनि महत्वपुर्ण निर्णय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर