काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौं ओलीएका नेपाली छन् खुशीले फुरुगं — OSNepal

काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौं ओलीएका नेपाली छन् खुशीले फुरुगं

LC (KTM) August 17, 2021 0

काठमाडौं, १ भदौ । अमेरिकी एजेन्सीमा काम गर्ने एक सय १८ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । उनले पहिलो उडानमार्फत आउनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताए ।

अफगानिस्तानमा तालिवान विद्रोही सत्ता कब्जा गरेपछि विदेशी नागरिकले काबुल छाड्ने क्रम जारी छ । विभिन्न बाटोबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या १४ हजार रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर