पार्टी एकताको लागि ओलीको अपिल पछि आज माधव नेपालले विशेष सम्बोधन गर्दै — OSNepal

पार्टी एकताको लागि ओलीको अपिल पछि आज माधव नेपालले विशेष सम्बोधन गर्दै

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने भएका छन् ।

आज मंगलबार जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले विशेष सम्बोधन गर्न लागेको जनाइएको छ । नेता नेपालले जुममार्फत् सम्बोधन गर्न लागेका हुन् ।

सरकारले चालु संसद अधिवेशन अन्त्य गरेर दल विभाजनको अध्यादेश ल्याउन लागकोे भन्दै एमाले तरगं पैदा भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि हिजो साँधm विज्ञप्ती मार्फत अपिल समेत गरेका थिए ।

आज नेपालको सम्बोधनले एमालेलाई कतातिर लाने हो त्यो विषय रोचक बनेको छ । नेपाल पक्षलाई समेत आउन आग्रह गर्दै आज ओलीले पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर