पति निक जोनस घाईते भएपछि तनावमा प्रियंका चोपडा, आखिर के भएको हो निकलाई ? किन केही खुलाउन चाहान्नन् प्रियंका ? — OSNepal

पति निक जोनस घाईते भएपछि तनावमा प्रियंका चोपडा, आखिर के भएको हो निकलाई ? किन केही खुलाउन चाहान्नन् प्रियंका ?

LC (KTM) May 18, 2021 0

बलिउड तथा हलिउडमा समेत चर्चा बटुल्न सफल नायिका प्रियंका चोपडाका पति निक जोनस घाईते भएका छन् । उनी टेलिभिजन शो का दौरानमा घाईते भएका हुन् । उनलाई शनिबार चोट लागेको हो । उनलाई चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । उनलाई कहाँ र कत्तिको गहिरो चोट लागेको हो भन्ने खुलाइएको छैन । उनलाई एम्बुलेन्समा हालेर अस्पताल सम्म लगिएको थियो । उनी आईंतबार नै घर फर्किएको र आज बाट आफ्नो सिंगिंग रियालीटि शो द वाँयसको शुटिंग सुरु गर्ने बताइएको छ ।

यो पनि : भारतीय अभिनेता रजनीकान्तले कोरोनासँग लड्न एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड सहयोग दिएकी छन् । सामाजिक सञ्जालमार्फत यस बारेमा सौन्दर्याले जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’

अभिनेता रजनीकान्त अहिले सामाजिक विषयमा बनिरहेको चलचित्र ‘अन्नथे’ को छायांकन गरिरहेका छन् ।सौर्य दैािनकमा खबर छ । आधा छायांकन गरिएको यस चलचित्रको बाँकी छायांकन कोरोना कहर सामान्य भएपछि गरिने निर्माण पक्षले जनाएको छ । सो चलचित्रमा अभिनेता रजनीकान्तसँगै अभिनेत्री नयनतारा र कीर्ति सुरेश लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर