राधेका कारण अहिलेसम्म नबेहोरेको झन्जट बेहोर्नु पर्यो सलमानले, पुगे प्रहरी चौकी, के लफडा आइलाग्यो फेरी ? — OSNepal

राधेका कारण अहिलेसम्म नबेहोरेको झन्जट बेहोर्नु पर्यो सलमानले, पुगे प्रहरी चौकी, के लफडा आइलाग्यो फेरी ?

LC (KTM) May 18, 2021 0

आफ्नो फिल्म राधे सामाजिक सञ्जालमा लिक भएपछि पाइरेसी गर्ने लाई खुलेआम धम्कि दिएका बलिउडका सुपरस्टार सलमान खानले अब साँच्चिकै पाइरेसीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने भएका छन् । उनले आफ्नो नयाँ फिल्म ‘राधे’को पाइरेसी गर्नेविरुद्ध मुम्बईको साइबर प्रहरी स्टेशनमा उजुरी दिएका छन् । उनले पाइरेसी नगर्न सुझाव दिएका थिए ।

आफ्ना फ्यानहरुलाई पाइरेसी हुन नदिने बाचा समेत गरेका सलमान यसपटक नराम्रो संग चुकेका थिए । खानको नयाँ फिल्म राधे विश्वभरका हलहरु तथा ओटीटी–डीटीएचमा ‘पे पर भ्यु’ सर्भिसअनुसार १३ मेमा रिलिज भएको थियो। फिल्म रिलिज भएको केही समयपछि नै यसको पाईरेटेड भर्जन इन्टरनेटमा लिक भएको थियो। फिल्मको पहिलो दिन बिभिन्न प्लाटफर्ममा ४.२ मिलियनले हेरेका थिए ।

यो एक दिनमा सबैभन्दा ज्यादा हेरिएको फिल्मको रेकर्ड बनेको थियो । युएईमा थिएटर्सको ५० प्रतिशत क्षमताका साथ ओपनिङकै दिन ३,७९,००० अमेरिकी डलर कलेक्सन गर्न सफल भएको थियो । जबकी सलमानकै पछिल्लो फिल्म दबंग ३ भन्दा बढी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर