ओलीले आजै बोलाए संसदीय दल र स्थायी कमिटीको बैठक — OSNepal

ओलीले आजै बोलाए संसदीय दल र स्थायी कमिटीको बैठक

LC (KTM) August 17, 2021 0

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने एमालेले जनाएको छ । त्यस्तै संसदीय दलको बैठक ३ बजे संसद भवन बानेश्वरमा बस्नेछ ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला पार्टी विभाजनबाट जोगाउन भन्दै थप रणनीति बनाउका लागि ओलीले आजको बैठक आव्हान गरेका हुन् ।

ओलीले सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने षड्‍यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन सम्बन्धित सबैमा अपिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर